बिशेष शोमा राजेन्द्र लिङदेनदेखि प्रकाश सपुतसम्मले हेरे ‘मनसरा’

बिशेष शोमा राजेन्द्र लिङदेनदेखि प्रकाश सपुतसम्मले हेरे ‘मनसरा’

द सिनेमा टाइम्स
252
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत बैशाख २१ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘मनसरा’ दोस्रो साता प्रवेशको पूर्वसन्ध्यामा बिहीबार बिशेष शोको आयोजना गरिएको थियो । बिशेष शोमा सिनेमा हेर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेपाली महिला फुटबल टिम, नेपाल प्रहरीमा उच्च पदस्थ कर्मचारी, गायक तथा अभिनेता प्रकाश सपुत, अभिनेत्री रेजीना उप्रेती, लुनिभा तुलाधर, पूर्वमिस नेपाल उषा खड्गी लगायतकाले सिनेमा हेरेका थिए ।

राप्रपा अध्यक्ष लिङदेनले सिनेमा हेर्न लायक भएको बताए । निर्देशक उपेन्द्र सुब्बाले मेहनल गर्नु भएको छ । नेपालको जुन जातिय र सांस्कृतिक विभिदता छ, त्यसलाई एउटा सिनेमामा जोड्ने कोसिश गर्नु भएको छ । समाजको एउटा तहको राम्रोसँग प्रतिनिधित्व गरेको छ । भविष्यमा समाजमा कुन प्रकारका जातिय, सांस्कृतिक अनि हाम्रो चाइने प्रचलनहरु थिए भन्ने कुरा समेत मनसराले बुझाउन मदत गर्ने उनको भनाई थियो ।

गायक तथा अभिनेता प्रकाश सपुतले ‘मनसरा’ मन परेको बताए । सिनेमा एकदमै स्मुथ र एउटा राम्रो किताब पढे जस्तो लागेको अनुभव सेयर गरे । सिनेमा हेर्दा मज्जा आएको सुनाए । मनसरा जस्तो सिनेमाले अझबढि जीवन्त बनाउनका साथै जीवनसँग जोड्नको लागि भुमिका खेल्ने बताए ।

कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमामा दयाहाङ, मिरुना मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेकाछन् । बैशाखको २१ गतेबाट रिलिजमा आएको यो सिनेमामा एप्पल इन्टरटेन्मेन्टको वितरण तथा क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो । सिनेमाले दर्शकबाट पाएको वर्डअफ माउथका कारण राम्रो दर्शकको साथ पाइरहेको छ ।