शिवरात्रिमा ‘लाज शरणम्’

शिवरात्रिमा ‘लाज शरणम्’

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चर्चित हास्य टेलिशृंखला निर्माण टिमले बनाउन लागेको सिनेमा ‘लाज शरणम्’ छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार एक थिम पोस्टर सार्वजनिक गर्दै आगामी महाशिवरात्रि फागुन १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

सिनेमाको छायांकन भने दशैंभन्दा अगाडि नै पूरा गर्ने योजनामा निर्माण टिम छ । सिनेमालाई ‘जिग्री-पाँडे’ले निर्देशन गर्ने पोस्टरमा उल्लेख छ । निर्माण टिम मध्येका कुमार कट्टेलले आगामी दिनमा सिनेमाका निर्देशक, कलाकार तथा अन्य प्राविधिक फाइनल गर्दै जाने जानकारी दिए ।

कुमारसहितको टिम यतिबेला सिनेमाको स्क्रिप्टलाई फाइनल गर्न जुटेको छ । शीर्षकले नै ‘लाज शरणम्’लाई कमेडी कथामा निर्माण गर्न लागिएको बुझ्न सकिन्छ ।