‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक

‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ २५ गतेबाट रिलिज हुने सिनेमा ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक भएको छ ।

टिजरमा सिनेमाका प्रमुख कलाकार निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको प्रेम र खटपटलाई स्थान दिइएको छ । टिजरको सुरुवामा साम्राज्ञीले निश्चललाई लण्डन फर्कन आग्रह गर्दै आफूहरुको भेट कहिल्यै नहोस् भनी कामना गरेकी छन् । त्यसपछिका दृश्यमा उनीहरुबीचको रोमान्ससँगै झगडालाई देखाइएको छ । साम्राज्ञीसँग निश्चलले ‘तिमीसँग सब थोक भइसकेको छ’ भनी बोल्दा साम्राज्ञीले ‘तिमीलाई के सबैथोक भनेको सेक्स हो ?’ भनी सोधेको प्रश्नले उनीहरुको सम्बन्धमा खटपट देखिएको बुझ्न सकिन्छ ।

टिजरमा अन्य कलाकारहरु कवीर खड्का, गरिमा शर्मालाई पनि राम्रो स्थान दिइएको छ । घनश्याम लामिछाने निर्देशित सिनेमामा निश्चल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनीष श्रेष्ठ, लोकविक्रम मल्ल र मनीष गान्धीको अभिनय छ । सिनेमामार्फत निश्चल र गरिमाले नेपाली रजतपटमा डेब्यू गर्दैछन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

सनिश खकुरेल र अजित केआर थापा सह-निर्माता रहेको सिनेमामा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछ ।

सिनेमामा अभेद परव र कुनाल कदमको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ । लङ्नेस ओस्कार अवार्ड विजेता सिनेमा ‘स्लमडग मिलेनियर’को गीत ‘जय हो’का कोरियोग्राफर हुन् ।