‘एक्टर’को छायांकन सुरु

‘एक्टर’को छायांकन सुरु

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘एक्टर’को छायांकन आजबाट सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै सिनेमा को छायांकन सुरु गरिएको छ ।

सिनेमाको शुभसाइत समारोहमा नायक प्रदिप खड्का र डेव्यु अभिनेत्री दिव्या रायमाझी उपस्थिती थिए । उनीहरुले क्यामेरा पुजा गर्दै भगवानसँग आर्शिवाद थापेका थिए ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो सिनेमामा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेता खड्काले पहिलो पटक सिनेमाको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् ।

यो सिनेमाको छायांकन पोखरामा १० दिन गरिनेछ । काठमाडौंमा भने सिनेमाको छायांकन एक महिना गरिनेछ । थमन कुमारी भण्डारी सिनेमाका निर्माता हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् । सिनेमाको लाइन प्रोड्यूसरमा तोरन क्षेत्री रहेका छन् । सिनेमालाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजालाई  प्रदर्शन गरिने छ ।