सन्तोषको पिरियड ड्रामा सिनेमामा अनमोलले काम गर्ने

सन्तोषको पिरियड ड्रामा सिनेमामा अनमोलले काम गर्ने

द सिनेमा टाइम्स
714
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसीले नयाँ सिनेमाका लागि निर्माता तथा निर्देशक सन्तोष सेनसँग सहकार्य गर्ने भएका छन् । पिरियड ड्रामा जनरामा निर्माण हुने सिनेमाका लागि यी दुईबीच काम गर्ने सहमती भएको हो । सन्तोष र अनमोल दुवैले यो सिनेमा काम गर्नको लागि आफूहरुबीच सहमती भएको जानकारी दिए ।

केही दिनअघि राजधानीमा भएको छलफलमा एक सिनेमामा सँगै काम गर्ने विषयमा सहमती भएको निर्देशक सेनले बताए । ‘लिखित सहमति केही भएको छैन । तर आगामी पिरियड ड्रामामा सहकार्य गर्ने हाम्रो भद्र सहमति भएको छ,’ निर्देशक सेनले भने, ‘अनमोल जीसँग हामी पहिल्यैदेखि सहकार्य गर्न चाहान्थौं । बलिदानपछि हामी यो सिनेमाको तयारीमा लाग्नेछौं ।’

अनमोलले पनि अर्को वर्षदेखि यो प्रोजेक्टको छायांकन सुरु गरिने जानकारी दिए । ‘सन्तोष दाईजस्ता राम्रा मेकरसँग काम गर्न म पनि इच्छुक छु । अर्को वर्ष गर्ने कुरा छ । त्यो विषयमा कुरा पनि भएको हो,’ अनमोलले भने ।

निर्देशक सेनले अनमोलसँग हामी जिरोबाटै काम गर्न तयार छौं । ‘बलिदान’पछि यो पिरियड ड्रामा निर्माण कार्य अघि बढ्ने छ । सिनेमाले नेपाल र तिब्बतबीच १८५५ देखि १८५६ सम्म चलेको युद्धको कथा भन्ने छ । यो युद्धमा एक नेपाली सेनाले गरेको संघर्ष कथामा आधारित हुनेछ ।

सन्तोष सेनले असारदेखि ‘बलिदान’को छायांकन सुरु गर्दैछन् ।