साउन १८ मा ‘मोदीबेनी’ रिलिज घोषणा

साउन १८ मा ‘मोदीबेनी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शंकर कोइरालाको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘मोदीबेनी’ साउन १८ गते रिलिज हुने भएको छ । निर्माता दिलीप केसीले यो सिनेमाको लागि सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए ।

यो सिनेमाले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्ने निर्देशक शंकर कोइरालाले बताए । यो सिनेमाबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । उनको जोडी अभिनेत्री वर्षा सिवाकोटीसँग बाँधिएको ।

यो सिनेमाबाट अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि कमब्याक गरेकी छन् । सिनेमामा अमर, वर्षा र रेजिनाका अलवा प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमालाई आनन्द बिक्रम क्षेत्रीले लेखेका हुन् । सिनेमा हरि श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतमको प्रोडक्शन डिजाइन, सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ । रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले मोफसलमा वितरण गर्दैछन् ।