सिनेमा छायांकनका लागि हलिउड र बलिउडलाई आकर्षित गर्ने निर्णय

सिनेमा छायांकनका लागि हलिउड र बलिउडलाई आकर्षित गर्ने निर्णय

द सिनेमा टाइम्स
168
Shares

काठमाडौं सरकारले विश्वकै ठूला सिनेमा उद्योग हलिउड, बलिउडलगायत अन्तर्राष्ट्रिय सिनेमा निर्मातालाई नेपालमा सिनेमा छायांकनका लागि आकर्षित गर्ने भएको

संघीय संदसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले उक्त जानकारी दिएका हुन्

सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले बलिउड हलिउडका सिनेमा निर्मातालाई नेपालमा सिनेमा छायांकनका लागि आकर्षित गर्ने जानकारी दिए

राष्ट्रपति पौडेलले उनीहरूलाई नेपालमा सिनेमा छायांकनका लागि आकर्षित गरी सिनेमा पर्यटन प्रवर्द्धन गर्ने सरकारको तयारी रहेको बताए सरकारले नीति तथा कार्यक्रममा यो विषय समावेश गरेपछि कार्यान्वयनका लागि बजेटमा समेटिने सम्भावना उच्च हुन्छ यो लामो समयदेखि सिनेमाकर्मीले उठान गर्दै आएको विषय हो