सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’

सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना माहामारीका बीच प्रदर्शनमा आएको सिनेमा ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ । मंगलबारबाट यो सिनेमा विश्वभर सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ ।

पहिलो चरणको कोरोना महामारी पश्चात २०७८ पुष ३० गते रिलिज भएको यो सिनेमा तीन दिनमा पुनः हल बन्द भएपछि दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो । सो समयमा पनि दर्शकले कोभिड खोप कार्ड अनिवार्य लिएर हल जानुपर्ने भएपछि पुनः समस्या परेको थियो । सो समय चर्चामा रहेको सिनेमा ओटिटीमा सजिलै हेर्न सकिने छ ।

निकेश खड्का निर्देशित सिनेमामा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतको अभिनय छ । सस्पेन्स–थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्माता अर्जुन कुमार हुन् । यो सफल सिरिज ‘चपली हाइट’को तेस्रो शृङ्खला हो ।

यसअघि सिनेमाघर एपमा ‘जय भोले, कबड्डी ४, महापुरुष, जारी र पानी फोटो’ जस्ता सिनेमाहरू रिलिज भइसकेका छन् । सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको छ । ‘चपली हाइट ३’ हेर्न दर्शकले २०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।