‘दान्भी’को गीत ‘मायाको खानी’मा रोमान्टिक पूजा र कुन्साङ

‘दान्भी’को गीत ‘मायाको खानी’मा रोमान्टिक पूजा र कुन्साङ

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘दान्भी’को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने सिनेमाको ‘मायाको खानी’ बोलको गीतमा पूजा र डेव्यु अभिनेता कुन्साङ बम्जन फिचर्ड छन् ।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुरेश लामा र ममता गुरुङ स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा पूजा र कुन्साङलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यो सिनेमामा अभिनेत्री पूजा शर्मा पहिलो पटक एक्सन अवतारमा देखिएकी छन् । केही महिना अघि सार्वजनिक टिजरले दर्शकले मन पराएका थिए ।

बदलाको कथामा निर्माण भएको सिनेमालाई रुपेश तामाङले निर्देशन गरेका हुन् । सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । देव मगर र अनुप गडाल निर्माता, पवन राना मगर कार्यकारी निर्माता तथा कमला लिम्बु, पञ्च बहादुर तामाङ र श्रवणकुमार श्रेष्ठ सह-निर्माता रहेको सिनेमामा हरि लामा ‘घले’को छायांकन छ ।

जुना फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा संजोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, बन्दे प्रसादको सम्पादन, सत्यम राना र श्रीकृष्ण श्रेष्ठको भीएफक्स तथा गीतहरुमा अर्जुन पोखरेल, नरेश योगी र केदारराज नेपालीको संगीत रहेको छ ।