‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा साउथ अभिनेता प्रदीप रावत र विपना

‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा साउथ अभिनेता प्रदीप रावत र विपना

द सिनेमा टाइम्स
140
Shares

काठमाडौं । नीता ढुंगानाको सिनेमा ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक पोस्टरमा साउथका लोकप्रिय अभिनेता प्रदीप रावत र अभिनेत्री विपन थापा फिचर्ड छन् ।

सार्वजनिक पोस्टरमा रावत सेतै फुलेको झुस्स दारीजुंगा र तिलचामले केसमा छन् । पोस्टरमा उनी धार्मिक गुरुजस्तै लाग्छन् ।निर्माण पक्षले उनको भूमिकाबारे हालसम्म प्रष्ट पारेको छैन ।

पोस्टरमा कालो ब्रस्तमा देखिएकी विपना थापा आस्चर्य भावमा छिन् । केही अचानक केही अनौठो बस्तु वा व्यक्ति देखेको भावमा विपना पोस्टरमा फिचर्ड छिन् । रावतले सुटिङ गरिसकेका छन् ।

वैशाख पहिलो साता पनि ‘ह्रस्व दीर्घ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको थियो । उक्त पोस्टर हरिहरको जन्मदिनको अवसर पारेर उनक्यारेक्टर पोस्टर’ सार्वजनिक गरिएको थियो । पोस्टरमा उनको क्यारेक्टरका दुई स्वरूप फिचर्ड थिए ।

अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीले निर्माण गरेको सिनेमा चन्द्र पन्तले निर्देशन गरेकमा छन् । सिनेमा दसैंको अवसर पारेर असोज ११ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

हरिहर अधिकारीको कथा, नीता ढुंगाना निर्माता रहेको सिनेमामा यी दुई स्वयं मुख्य भूमिकामा छन् । सिनेमामा नेपालीसँगै भारतीय चर्चित कलाकारको अभिनय छ ।

नीता र हरिहरसँगै विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झालगायत नेपाली कलाकारले अभिनय छ । भारतीय कलाकार विजयसँगै ब्रह्मानन्दमको  अभिनय छ ।

कबीर लालले सिनेमाको छायांकन गरेका छन् । प्रेमकथा रहेको यो सिनेमाको तेस्रो चरणको छायांकन बाँकी छ । बाँकी छायांकन मुम्बईमा हुनेछ ।