‘फर्की फर्की’को अग्रीम टिकट बुकिङ खुल्ला

‘फर्की फर्की’को अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार बुद्ध जन्यतीको अवसर पारेर जेठ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘फर्की फर्की’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । सिनेमाले देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएको छ ।

यो सिनेमाले देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले राजधानीमा २८ शो र मोफसलमा ३३ शोज पाएको छ । देशकै दोस्रो ठुलो मल्टीप्लेक्स आईएनआईले आफ्ना तीन ओटा चेनमा १५ शो दिएको छ । त्यस्तै वान सिनेमाज्ले नयाँ बानेश्वर र कालीकाटी गरी १० शो, बिग मुभिजले ५ शो, बिएसआर मुभिजले ५ शो, एफक्युब सिनेमाज्ले ७ शो उपलब्ध गराएको छ ।

यस्तै, यो सिनेमाले देशभरका सिनेमा हलमा करिब दुई सय आसपासमा शो पाएको छ । सिनेमाले आक्रमक टिकट बुकिङ गरेको खण्डमा उच्च ओपनिङ्ग गर्ने अपेक्षा सिनर्मा टिम र सिनेमाकर्मीको छ । सिनेमाको सार्वजनिक ट्रेलर, गीत र पोस्टरले पाएको हाइपले सुरुवात उच्च हुने देखिन्छ ।

पोष्ट प्रोडक्सनमा फर्की फर्की हेरेपछि निर्माता तथा निर्देशक निश्चल बस्नेतले तारिफ गरेका छन् । सोमबार बेलुका सामाजिक संजालमार्फत उनले सिनेमाको संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

उनले फेसबुमा लेखेका छन् ‘फर्की फर्की हेरियो । मज्जा आयो सिनेमा हेरेर । रमाइलो टाइम लुप । सुयोग गुरुङ, कडा छ निर्देशन । नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी बबाल छ । अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय । रोहित अधिकारी बोरा छ नि पैसा राख्नलाई ।’

सुयोग गुरुङले लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । सिनेमाका सह-निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यो सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।