‘पुजार सार्की’को सुखद् सुरुवात, हल पुग्दा दर्शकबाट घेरिए कलाकार

‘पुजार सार्की’को सुखद् सुरुवात, हल पुग्दा दर्शकबाट घेरिए कलाकार

द सिनेमा टाइम्स
350
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा पुजार सार्कीले सुखद् सुरुवात गरेको छ । सिनेमाका वितरक रोहीत कट्टेलले दिएको जानकारी अनुसार सिनेमा बिहीबारका बिहानी शोबाट नै सुखद् सुरुवात गरेको हो ।

सिनेमालाई दर्शकको राम्रो वर्डअफ माउथ मिलेको छ । जसले आगामी दिनमा पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमलाई छ । सिनेमाका मुख्य कलाकारहरु बिहानी शोबाट नै विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । पुजार सार्कीका कलाकारहरु हल पुग्दा दर्शकबाट घरिने गरेका थिए । सिनेमा नेपाली समाज अनुसार नै निर्माण गरेको भन्दै दर्शकले निर्देशक दिनेश राउतको तारिफ गरेका छन् ।

यस्तै, एक सिनेमाको छायांकनमा रहेका पल शाह पनि आफ्नो छायांकनदेखि समय मिलाएर काठमाडौँ आएर दर्शक भेटिरहेका छन् । आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परिक्षा लिम्बु, तारा शर्मा लगायतका कलाकारहरु बिहानै देखि हल हलमा पुगेका थिए ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिनेमा दिनेश राउतले निर्देशन गरेका हुन् । सिनेमाको कथा तथा पटकथा विकास सुवेदीले लेखेका छन् । सिनेमामा अञ्जना बराइली, परिक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमालाई संगीतकार सुवास भुषालले निर्माण गरेका हुन् । सिनेमाका गीतमा संगीत समेत उनी आफैले भरेका छन् । राजेश श्रेष्ठको डिओपी रहेको सिनेमामा भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन रहेको छ ।