अर्जुन कुमारको ‘सानो संसार’ शुभमुहूर्त, जेठ २५ बाट छायांकन

अर्जुन कुमारको ‘सानो संसार’ शुभमुहूर्त, जेठ २५ बाट छायांकन

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अर्जुन कुमारको लगानीमा पुनः ‘सानो संसार’ नाममा सिनेमा निर्माण हुने भएको छ । शुक्रबार कमलादी गणेश मन्दीरमा शुभमुहूर्त गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो । सिनेमाकी मुख्य कलाकार सीतादेवी तिमल्सिनाले मुहूर्त सट दिएकी हुन् ।

सिनेमाका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले क्ल्याप र निर्माता अर्नुन कुमारले नरिवल फोडेका थिए । सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । आगामी जेठ २५ गतेबाट फ्लोरमा जाने सिनेमाको छायांकन काठमाडौं, धादिङ र नुवाकोटमा गरिनेछ ।

अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको छायांकन सेड्युल ३० दिनको राखिएको निर्माता अर्जुन कुमारले बताए । सिनेमामा सम्पुर्ण नयाँ कलाकारलाई लिएर आफुले काम गरेको र एक पटक सवै नयाँ नै हुने भएकाले प्रोहत्सान गरेको उनले बताए । १६ वर्ष अगाडी यही नाममा स्वर्गिय आलोक नेम्वाङले निर्माण गरेको सिनेमा ‘सानो संसार’सँग कुनैपनि सम्बन्ध नरहेको बताए ।

यो एकदमै फ्रेस स्टोरी हो । निर्देशक सिद्धार्थ पुडासैनीको कथा मन परेकाले आफ्ले यो सिनेमा निर्माण गरेको हुँ । नेपाली सिनेमालाई अगाडी बढाउन एउटै निर्देशक र निर्माताले मात्रै नसक्ने भन्दै नयाँ मान्छे र नयाँ कन्सेप्ट आउन जरुरी रहेको निर्माण अर्जुन कुमारको भनाई छ । साथै आफुलाई अहिलेका चलेका कलाकारले टाइम नदिएकाले यसअघि घोषणा गरेका प्रोजेक्टलाई पछाडी धकेल्दै आफुले सानो संसार निर्माण गर्न लागेको उनको दाबी छ ।

सिद्धार्थले यही सिनेमाबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । शुभमुहूर्तसँगै सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो सिनेमाका आगामी दशैंको घटस्थापना अर्थात असोज १७ गतेबाट प्रदर्शनमा आउने छ । सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।