साउन ११ गतेबाट प्रदर्शनमा आउने ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक

साउन ११ गतेबाट प्रदर्शनमा आउने ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आगामी साउन ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता पृथ्वीराज प्रसाई र अभिनेत्री अनु शाह फिचर्ड छन् । यी दुईलाई पोस्टरमा रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । अनु र पृथ्वीले यो सिनेमाबाट करिब ५ वर्षपछि कमब्याक गरेका हुन् ।

दिव्या कंगना फिल्मस्को प्रस्तुतिमा हरिबहादुर थापाको निर्माण रहेको सिनेमामा सुनिल थापा, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, सविन बास्तोला, कृष्टि गुरुङ, गीता अधिकारी लगायतको अभिनय छ । अघिल्लो हप्ता पोखराको ट्रेड मल सिनेप्लेक्समा सिनेमाको प्रिमियर गरिएको थियो । प्रिमियरमा सिनेमा हेरेका दर्शक कथावस्तुले भावुक बनेको निर्देशक गिरीले बताए ।

लक्ष्मी कुँवर थापाको प्रस्तुति रहेको सिनेमामा अर्जुन पोखरेल, राजेन्द्र बजगाई तथा बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । सिनेमामा रामेश्वर हुँमागाईको छायांकन तथा देव महर्जनको द्वन्द्व निर्देशन छ भने भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन छ । यो सिनेमालाई देशभर वितरणको अधिकार आरआर फिल्म्सले लिएको छ ।