‘जन्ते बाख्रो’को मुख्य भुमिकामा सौगात मल्ल अनुबन्धित

‘जन्ते बाख्रो’को मुख्य भुमिकामा सौगात मल्ल अनुबन्धित

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’को केही समय अघि निर्माण घोषणा गरिएको थियो । सिनेमाको निर्माण घोषणा गर्दा कलाकार कोको रहने भन्ने जानकारी निर्माण टिमले दिएको थिएन् ।

मंगलबार सिनेमाको निर्माण टिमले ‘जन्ते बाख्रो’ मुख्य भुमिकामा अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेको छ । यो सिनेमामा सिमोस र सौगातले तेस्रो पटक सहकार्य गर्दैछन् । यसअघि उनीहरुले ‘झ्यानाकुटी’ र ‘हात्तीछाप’मा एकसाथ काम गरेका थिए । उनीहरु दुवै जना यो सिनेमालाई लिएर उत्साहीत छ ।

आगामी भदौबाट छायांकन गरिने सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखिरहेका छन् । कमेडी कथावस्तुमा सिनेमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानीरहनेछ । सिनेमा कथावस्तुलाई लिएर सौगात उत्साहित छन् । सिनेमामा अभिनय गर्ने अभिनेत्रीको भने अहिले खोजी भैरहेको निर्माण टिमले जनाएको छ । अहिले केही अभिनेत्रीसँग कुरा चलिरहेकाले केहीदिनमा पात्र सुहाउदो अभिनेत्रीलाई अनुबन्धित गर्ने तयारीमा निर्माण टिम रहेको छ ।