बजेटमा समेटिए दोलखाको सिनेमा सिटी र बनेपाको सिनेमा स्टुडियो निर्माण

बजेटमा समेटिए दोलखाको सिनेमा सिटी र बनेपाको सिनेमा स्टुडियो निर्माण

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै सरकारले सिनेमा छायांकनका लागि स्टुडियो निर्माणको काम अगाडि बढाउन बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले काभ्रेको बनेपामा सिनेमा छायांकन स्टुडियो निर्माणको काम सुरु गरिने जानकारी दिएका हुन् ।

दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने समेत अर्थमन्त्री पुनले बताएका छन् । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई स्टुडियो निर्माण र सिनेमा सिटीसहितका आयोजनाका लागि बजेट विनियोजन गरेको हो ।

काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका वडा नंम्बर १० र १३ अन्तर्गत बाहुनडाँडा सामुदायिक वनको जग्गामा सिनेमा स्टुडियो निर्माण गर्न दिने निर्णय सरकारले गरेपछि जिल्ला वन कार्यालयले चलचित्र विकास बोर्डलाई जग्गाको स्वामित्व प्रदान गरिसकेको छ । स्टुडियो निर्माणको काम सरकारले अगाडि बढाउने भएपछि नेपाली सिनेमा क्षेत्रमा खुशी छाएको हो ।