‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य अभिनेत्रीमा अञ्जना बराइली अनुबन्धित

‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य अभिनेत्रीमा अञ्जना बराइली अनुबन्धित

द सिनेमा टाइम्स
357
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायांकनको तयारीमा रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य अभिनेत्रीमा अञ्जना बराइली अनुबन्धित भएकी छन् । बुधबार निर्माण टिमले एक पोस्टरमार्फत् सिनेमामा उनी अनुबन्धित भएको जानकारी गराएको हो ।

यो सिनेमाको मुख्य भुमिकामा यसअघि नै अभिनेताद्वय प्रकाश सपूत र मुकन भुषाल अनुबन्धित भैसकेका छन् । उनीहरुमध्ये एकजनाको जोडीको रुपमा अञ्जना प्रस्तुत हुने जनाइएको छ । सिनेमामा विनोद न्यौपाने, भोलाराज सापकोटा, देशभक्त खनाल लगायतको पनि अभिनय रहने छ । सिनेमालाई सरोज पौडेलले निर्देशन गर्नेछन् ।

सिनेमाको कथा निर्देशक पौडेलले लेखेका हुन् । जेठ २१ गतेबाट छायांकन सुरु हुन लागेको सिनेमाको निर्मातामा विनोद पौडेल र प्याट्रिक सुवेदी छन् । नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आइरहेको कम्पनी ‘सेभेन सिज इन्टरटेनमेन्ट’ले यो सिनेमाको निर्माण गर्नेछ ।

सिनेमाले बाबु र छोराको सम्बन्धको कथा भन्ने छ । सिनेमाले मौलिक कथाको एउटा गहन र यथार्थ विषय उठाउन लागेको बताइएको छ । महेश दवाडीको पटकथा तथा संवाद रहेको सिनेमामा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । यो सिनेमाको प्रदर्शन मिति आर्को वर्षलाई तोकिएको छ ।