बोर्डले धनगढीमा दोस्रो राष्ट्रिय बाल सिनेमा महोत्सव गर्ने

बोर्डले धनगढीमा दोस्रो राष्ट्रिय बाल सिनेमा महोत्सव गर्ने

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले आगामी असार ७ गतेदेखि ९ गतेसम्म धनगढीमा दोस्रो राष्ट्रिय बाल सिनेमा महोत्सव २०८१ आयोजन गर्ने भएको छ । बोर्डले महोत्सव व्यवस्थापन सम्बन्धी कार्यका लागि बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीलाई संयोजक तोकेको छ ।

प्रवक्ता एवं महोत्सव संयोजक बुढाथोकीका अनुसार दोस्रो राष्ट्रिय बाल सिनेमा महोत्सव २०८१ का बालबालिका एवं वयस्कहरुले निर्माण गरेका बाल सिनेमाहरुको प्रदर्शन तथा प्रतिष्पर्धा गराइने छ । महोत्सवमा प्रदर्शन गरिने बाल सिनेमा जेठ २५ गतेसम्म उपलब्ध गराउन बोर्डले सिनेमाकर्मीहरुलाई आह्वान गरेको संयोजक बुढाथोकीले बताए ।

दोस्रो राष्ट्रिय बाल सिनेमा महोत्सव २०८१ मा बाल सिनेमाको प्रदर्शन, अन्तरक्रिया, सिने सम्बाद, फोटो एवं बालपुस्तक प्रदर्शनी, झाँकी, साँस्कृतिक एवं सांगितिक प्रस्तुती रहने छ ।