‘दान्भी’को एक्सन ट्रेलर सार्वजनिक

‘दान्भी’को एक्सन ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असार ७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘दान्भी’को एक्सन ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट ४० सेकेण्ड लामो ट्रेलरले बदलाको कथामा सिनेमा केन्द्रित रहेको देखिन्छ ।

सिनेमाको सार्वजनिक ट्रेलरमा पूजा रोमान्टिक र एक्सन दुईवटा अवतारमा देखिएकी छिन् । डेब्यु अभिनेता कुन्साङ बम्जन उनको प्रेमीको रुपमा प्रस्तुत छन् । कुन्साङको हत्याको बदला लिन उनी एक्सनमा उत्रिएको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरमा पूजाको एक्सन छरितो देखिन्छ भने श्री श्रेष्ठको द्वन्द्व निर्देशन प्रशंसनीय छ ।

पूजाले एक्सनमा आफूले जोखिम लिएको बताएकी छन् । ट्रेलर रिलिज कार्यक्रममा उनले भनिन्, ‘मैले यो सिनेमामा जोखिम लिएकी हुँ । यो भुमिकामा मलाई निर्देशकले विश्वास गर्नुभएको हो । उहाँको त्यो विश्वासलाई कति उतार्न सकेँ, त्यो असार ७ मै थाहा भइहाल्छ । यद्यपि, अभिनेत्रीले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने देखाएकी छु ।’

जुना फिल्मस् र अन्नोरा फिल्मस्को प्रस्तुती र रुपेश तामाङको निर्देशनमा निर्माण भएको ‘दान्भी’को निर्मातामा देव मगर र अनुप गडाल छन् भने कार्यकारी निर्माता पवन राना मगर हुन् । कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह-निर्मातामा छन् ।

सिनेमामा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा र संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ ।