किम्फको २१ औं संस्करण सम्पन्न, क्लोजिङमा देखाइयो ‘नो मोनास्ट्री नो भिलेज’

किम्फको २१ औं संस्करण सम्पन्न, क्लोजिङमा देखाइयो ‘नो मोनास्ट्री नो भिलेज’

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आइतबार काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय सिनेमा महोत्सव (किम्फ)को २१ औं संस्करण सम्पन्न भएको छ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को प्रदर्शनबाट सुरु भएको महोत्सवमा क्लोजिङ सिनेमाको रुपमा टासी ल्हाम्जोम निर्देशित ‘नो मोनास्ट्री नो भिलेज’ थियो ।

राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी सिनेमा तथा वृत्तचित्र प्रदर्शन भएका थिए । ‘इकोज अफ चेन्जथ’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ नारा बोकेको किम्फमा वृत्तचित्र, कथानक, लघु तथा प्रयोगात्मक सिनेमा देखाइयो ।

काठमाडौं महानगरपालिका सह-आयोजक रहेको महोत्सवमा समकालिन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैंगिकतालगायत विविधताले भरिएका सिनेमा तथा वृत्तचित्र प्रदर्शन आएका थिए । महोत्सवमा नेपाल-दक्षिण कोरिया मित्रताको ५० औं वर्षगाँठको अवसर पारेर दुई देशबीच समानता झल्कने उल्जु माउन्टेन सिनेमा महोत्सव कोरियाका सिनेमाको विशेष प्रदर्शन गरिएको थियो ।

नेपाल पर्यटन बोर्ड प्रवर्धक रहेको महोत्सवमा सिनेमा प्रदर्शनबाहेक अन्तक्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी साथै प्रतिस्थापन कला प्रदर्शनजस्ता रचनात्मक गतिविधिले महोत्सवलाई रोचक र ज्ञानवद्र्धक बनाउन सघाएको अक्ष्यक्ष रम्यता लिम्बुले बताइन् ।

स्टोरीटेलर्ससँगको सहकार्यमा ‘माउन्टेन्स म्याटर स् अ कल फ्रम द हिमालयज’ शीर्षकको प्रस्तुति, अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफलको आयोजना गरिएको थियो ।

महोत्सवमा नेपाल, भुटान, दक्षिण कोरिया, भारतलगायत देशका सिनेमामेकर समेत दर्शकका रुपमा सहभागी थिए । निर्देशक र निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री सुरेश ढकाल (नेपाल), सिनेमा सम्पादक रेजिना बर्तस्की (स्वीट्जरल्यान्ड) यसपटक निर्णायक मण्डलको रुपमा थिए ।

निर्णायक मण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर सिनेमा, ११ फिचर वृत्तचित्र, सात लघु सिनेमा र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ कथानक सिनेमा मध्येबाट विजेता छनौट गरेका थिए ।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर सिनेमालाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु सिनेमालाई १ हजार डलर पुरस्कार प्रदान गरियो ।

नेपाल पानोरमाअन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक सिनेमालाई क्रमशः एक लाख रुपैयाँ प्राप्त प्रदान गरियो । दर्शकको भोट पाउने वृत्तचित्रले एक लाख रुपैयाँ पुरस्कार राशि रहेको अडियन्स च्वाइस अवार्ड प्राप्त गर्यो ।

यी हुन् विजेता सूची :
नेपाल पानारोमा
स्पेसल मेन्सन्स : द मोंक एन्ड द रेबेल र हावाम्यान
जोइन्ट विनर : दुबिधा र नेपाली फिक्सन
नेपाल पानारोमा बेस्ट डकुमेन्ट्री
स्पेसल मेन्सन्स : रोङफामु र वाग्गिङ टेल
विजेता : धेय ड्रिम्स
इन्टरनेसनल सर्ट फिक्सन
स्पेसल मेन्सन्स : नथिङ ग्रोज अन्डर द पाइन ट्रि र स्प्लिट इन्ड्स
विजेता : एड्जस्टेमन्ट
इन्टरनेसनल फिचर फिक्सन
अ चाइल्डलेस भिल्लेज
इन्टरनेसनल सर्ट डकुमेन्ट्रीतर्फ
स्पेसन मेन्सन्स : इटर्नल फ्लेम र फरवार्ड
विजेता : क्लाइम्बिङ फर गोल्ड
फिचर डकुमेन्ट्रीतर्फ
स्पेसल मेन्सन्स : इन टु द हार्ट अफ माउन्टेन, यम्नुस्काः द र्‍याग्ड एज, क्विनडम र अगेन्स्ट द टाइड
विजेता : रिओ रोजो
अडियन्स च्वाइस अवार्ड : म अलप हुन चाहन्छु