निर्देशक सुदर्शन थापा पक्राउ

निर्देशक सुदर्शन थापा पक्राउ

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आपराधिक विश्वासघातको आरोपमा निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । थापा कमलपोखरी क्षेत्रबाट आज पक्राउ परेको प्रहरीले जनाएको छ । थापा ‘प्रसाद-२’ का निर्देशक हुन् ।

केही महिना अघि आपराधिक विश्वासघातको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

आफूहरुको मञ्जुरीबिना चलचित्र ‘प्रसाद-२’लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए ।