कमल एक्चै मगर निर्देशित ‘शिरफूल’को ट्रेलर सार्वजनिक

कमल एक्चै मगर निर्देशित ‘शिरफूल’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कमल एक्चै मगरको निर्देशनमा निर्माण भएको सिनेमा ‘शिरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक १ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा बढ्दो आधुनिकताको प्रभाव, लाहुरे संस्कृति, आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र साँस्कृतिक पहिचानलाई देखाउन खोजिएको छ ।

सिनेमाले छोरी-चेलीलाई शिरको फूलको रुपमा ब्याख्या गर्दै शीर्षकलाई सम्बोधन गरेको छ । आगामी असार ७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमामा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा मगर, सुनिल रोका, कमल एक्चै मगर, पुजा गदाल, लिला गुरुङ, किरण मगर, नीता पुन लगायतको अभिनय छ ।

आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानी रहेको सिनेमामा देवराज आले मगरको कथा तथा राज थापा र राजु युगिनको पटकथा तथा संवाद छ । ‘शिरफूल’मा राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, निरोज श्रेष्ठको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन छ ।

‘शिरफूल’ भने कमल निर्देशित पहिलो सिनेमा हो । सिनेमामा अभिनेत्री मरिश्का पोखरेल विशेष भूमिकामा प्रस्तुत छिन् । निर्देशक मगरले यसअघि सिनेमा ‘डेसान’ निर्माण तथा निर्देशन थिए । जसले यतिबेला विभिन्न अवार्ड जितिरहेको छ ।