भिडियो पसलमा रिलिज भयो प्रदीप खड्काको ‘प्रकाश’

भिडियो पसलमा रिलिज भयो प्रदीप खड्काको ‘प्रकाश’

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘प्रकाश’ भिडियोपसल एपमा रिलिज भएको छ । सामाजिक यथार्थमा आधारित ‘प्रकाश’मा गरेको अभिनयलाई लिएर प्रदीपको तारिफ भएको थियो । सिनेमा हेरेका अधिकांश दर्शकले कथावस्तुलाई मन पराएका थिए ।

कर्णालीको रहनसहन र जीवनशैलीमा आधारित सिनेमाले जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको संघर्षको कथा देखाइएको छ । सिनेमामा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ।

बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ।

विदेशमा प्रदीप खड्काको राम्रो क्रेज रहेको र धेरैले उनको फरक अभिनय हेर्न चाहेकोले पनि ‘प्रकाश’ राम्रो खुराक बन्नेमा बिश्वासत रहेको भिडियोपसल टिम बताँउछ्न् ।

२०१७ देखि सञ्चालनमा रहेको भिडियोपसलमा ‘प्रकाश’का अलावा ‘एक भागवत गीता’, ‘ऐँचो पैँचो’, ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’, ‘मन्त्र’, ‘लाखे’ लगायतका सिनेमाहरू हेर्न सकिन्छ । एपमा सिनेमासँगै अन्य सर्ट सिनेमाहरू पनि उपलब्ध छन् ।