‘लण्डन टु पेरिस’ले पायो युनिभर्सल सर्टिफिकेट

‘लण्डन टु पेरिस’ले पायो युनिभर्सल सर्टिफिकेट

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् जेठ २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लण्डन टु पेरिस’ सेन्सर पास भएको छ । केन्दीय सिनेमा जाँच पास समिति (सेन्सर बोर्ड) बाट सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको हो ।

अब यो सिनेमा सवै वर्गका दर्शकले सजिलै हेर्न पाउने भएका हुन् । सिनेमाको यसअघि सार्वजनिक प्रचार सामाग्रीबाट एडल्ट सर्टिफिकेट पाउने बुझाई धेरैको भएपनि सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएसँगै कार्यकारी निर्माता सनिश खकुरेलले खुशी व्यक्त गरेका छन् ।

उनले सेन्सरमा सिनेमा हेरेका पदाधिकारीले नेपाल धेरैपछि एउटा राम्रो लभस्टोरी सिनेमा निर्माण भएको प्रतिक्रिया दिएको उल्लेख गरे । नेपालमा पछिल्लो समय धेरै युवाहरु विदेश गइरहेका बेला यस्तो खाले सुन्दर लभस्टोरी सिनेमा निर्माण गरेर सन्देश दिन खोज्नु आफैमा सकारात्मक भएको भन्दै बोर्ड पदाधिकारीले धन्यवाद दिएको निर्माता खकुरेलले बताए ।

घनश्याम लामिछाने निर्देशित सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।