द सिनेमा टाइम्स, काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज दुइवटा नेपाली सिनेमाा प्रदर्शनमा आएका छन् । नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएकोबाटो’ र घनश्याम लामिछानेले निर्देशन गरेको ‘लन्डन टु पेरिस’ आजबाट प्रदर्शनमा आएका हुन् ।
‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सातवर्षे छोरा बिन्द्रे (प्रसान राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिकपरिवर्तन र संघर्षको कथा पेस गर्नेछ।
सिनेमामा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमूख भूमिकामा छन् । ‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसाबटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो ।
नेपाली डायस्पोराको कथा भन्ने ‘लन्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्कालगायत कलाकार मुख्यभूमिकामा छन् ।सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमितबस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।
सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सहनिर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारीनिर्माता हुन् ।
सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुखअभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमितबस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजितकेआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् रोहित कट्टेल ररत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गरेका छन् ।
प्रतिक्रिया