पितृसत्तात्मक सोचलाई प्रश्न गर्ने ‘सतीदेवी’को टिजर रिलिज

पितृसत्तात्मक सोचलाई प्रश्न गर्ने ‘सतीदेवी’को टिजर रिलिज

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लक्ष्मण सुवेदी निर्देशित सिनेमा ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक २ मिनेट ३३ सेकेण्ड लामो टिजरले परिवारको वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ ।

छोरीले पनि परिवारप्रति आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने सिनेमाको मूल कथा रहेको टिजरले प्रष्ट्याउँछ । टिजरका दृश्य र संवादहरु मर्मस्पर्शी छन् । आगामी साउन ४ गतेदेखि सिनेमा सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ । सिनेमामा अभिनेत्री मलिका महत गाउँले चरित्रमा देखिएकी छन् । टिजर हेर्दा सिनेमाको कथा उनीमाथि नै केन्द्रित देखिन्छ ।

सिनेमामा मलिका महतका अलवा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको सिनेमाको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको सिनेमामा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ । सिनेमाले प्रदर्शन नहुँदै केही फेस्टिभलमा महत्त्वपूर्ण विधामा अवार्ड जितिसकेको छ ।