‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु

‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक तथा अभिनेता प्रकाश सपूतले ओखलढुङ्गास्थित रुम्जाटारबाट सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरेका छन् । बिहीबार अर्थात् जेठ २४ गते क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजाआजा गरेपछि सुरु गरिएको छायांकनमा पहिलो दृश्य नै प्रकाश र बालकलाकार जान्भी पौडेलको खिचिएको थियो ।

सरोज पौडेलले निर्देशन निर्माण भैरहेको सिनेमामा प्रकास र जान्भीका अलवा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, बुद्धि तामाङ, भोलाराज सापकोटा, विनोद न्यौपाने, स्वायम् केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमाले बुबा-छोराबीचको सम्बन्धको कथा भन्ने केही समय पहिले सार्वजनिक थिम पोस्टरबाट जनाइएको थियो । गन्धर्व परिवारले जीविकोपार्जन गर्न सारङ्गी बजाउँदै गाउँ-गाउँ पुग्ने क्रममा घट्ने विभिन्न घटनामा सिनेमा आधारित रहनेछ । यो सिनेमालाई २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हन् । कार्यकारी निर्मातामा हरि श्रेष्ठ र रमेश चौलागाईं रहेका छन् । निर्देशक पौडेलको कथा तथा महेश दवाडीको पटकथा र संवाद लेखन रहेको सिनेमामा प्रशान्त सिवाकोटीको संगीत तथा हेमन्त कान्छा रसाइलीको सारङ्गी वादन रहनेछ ।