डकुमेन्ट्री सिनेमा ‘पचेडा’को चेपाङ जातीको जीवन कथा

डकुमेन्ट्री सिनेमा ‘पचेडा’को चेपाङ जातीको जीवन कथा

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – म्युजिक भिडियोका सफल निर्देशक दीपेन्द्र केसी पछिल्लो समय भिडियो निर्देशनमा सक्रिय छैनन् । सिनेमालाई गन्तव्य मानेर ओस्कार कलेजमा अध्यन गरेपछि उनले सिनेमा निर्देशनको यात्रामा अगाडि बढ्दै डकुमेन्ट्री तयार गरेका हुन् ।

‘कथा भित्रका कथाहरू’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त दीपेन्द्रले ‘पचेडा’को ट्रेलर सार्वजनिक गरेका छन् । मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णु बहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका छन् । चेपाङ जङ्गलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथालाई उनले डकुमेन्ट्रीमा समेटेको बताए ।

‘कुनै हरर सिनेमाको झल्को दिने भएता पनि यो वास्तविक कथा हो । वृत्तचित्रमार्फत सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको संघर्ष कथालाई जस्ताको त्यस्तै देखाउने कोसिश गरेको छु’, दीपेन्द्रले भने ।

सिनेमा निर्देशनका लागि गरेको अध्ययन डकुमेन्ट्रीमा प्रयोग गरेका छन् । किनकि उनी आफैँ सन्तुष्ट हुनुपर्ने छ । उनले डकुमेन्ट्रीमा सन्तलाल चेपाङको कथा देखाएका छन् । उक्त कथालाई उनले तीन सेड्युलमा खिचेका थिए ।

‘मैले त्यहाँ डकुमेन्ट्री मात्र खिचिन्, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पिडालाई नजिकबाट बुझ्न पाएँ’, दीपेन्द्र भन्छन्,‘मेरो ईच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जंगलमै बस्नु रहर होइन ।’

यो डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन् । उनकै बसाइरहेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको छ । निर्देशक दीपेन्द्रसँगै विनिता क्षेत्रीले निर्माण गरेका हुन् भने सह-निर्मातामा बालकृष्ण खड्गी रहेका छन् । वृत्तचित्रको प्रदर्शनी चेपाङ बस्तीसहित अस्ट्रेलिया लगायतका केही देशमा गर्ने तयारी निर्माण कम्पनि देवडी प्रोडक्सनले जानकारी दिएको छ ।