‘कल्की’ ट्रेलर : दिपिका बचाउन प्रभाष र अमिताभबीच युद्ध

‘कल्की’ ट्रेलर : दिपिका बचाउन प्रभाष र अमिताभबीच युद्ध

द सिनेमा टाइम्स
308
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय प्रतिक्षित सिनेमा ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक गरिएको छ । साइन्स फिक्सन जनरामा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ ।

सिनेमाको सार्वजनिक ट्रेलरले महाभारतको आधुनिक कालको द्धन्द्धलाई देखाएको छ । सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै बलिउड अभिनेता अमिताभ बच्चन र तमिल अभिनेता कमल हसनको चरित्रको सवैभन्दा बढि चर्चा भैरहेको बलिउड मिडिया जनाएका छन् ।

सिनेमाको ट्रेलर दक्षिण भारतीय सुपरस्टार प्रभाष, अमिताभ बच्चन, दीपिका पादुकोण, दिशा पटानी र कमल हसनको वरिपरि घुमेको छ । यो सिनेमालाई नाग आश्विनले निर्देशन गरेका हुन् । यति ठुलो बजेटमा उनले पहिलो पटक काम गरेका हुन् । यो भारतकै सवैभन्दा मंहगो सिनेमा समेत बनेको दाबी भारतीय मिडियाको छ ।