द सिनेमा टाइम्स, काठमाडौं।चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना हुने भएको छ । विराटनगरमा यहीअसार १८ र १९ (जुलाई २ र ३)मा फेस्टिभल हुन लागेको हो । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ को आयोजनामा हुन लागेकोफेस्टिभलमा २०७९ र २०८० सालमा निर्माण भएका फिचर फिल्म, सर्ट फिल्म र वृतचित्रले सहभागिता जनाउन सक्नेछन् ।
हिमाल, पर्यटन तथा कला–संस्कृतिसँग नजिक रहेका सिनेमालाई फेस्टिभलमा विशेष प्राथमिकता दिइने निर्देशक समाजका अध्यक्षजनदीप पराजुलीले बताए । फेस्टिभलमा सहभागिता हुन चाहने फिल्मले यही असार ११ गतेभित्र आवेदन दिनुपर्नेछ । फेस्टिभलमा फिल्मप्रदर्शनसहित विभिन्न विषयमा अन्तरक्रिया पनि गरिने जनाइएको छ । समापनमा भने उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिनेछ ।
प्रतिक्रिया