द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई बुधबार अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको मेरिल्यान्ड राज्यमा जुन २० देखि २३सम्म आयोजना हुने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन निर्देशक सुब्बा र अभिनेता राई त्यसतर्फ प्रस्थानगरेका हुन् । महोत्सवमा ‘गाउँ आएको बाटो’ ओपनिङ स्क्रिनिङ हुँदै छ ।
महोत्सवको रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन् । मेरिल्यान्डस्थित एएफआई सिल्भरथिएटरमा जुन २० (बिहिबार) मा ‘गाउँ आएको बाटो’ प्रदर्शन गरिने भएको छ ।
चलचित्रमा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ ।
राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रणगर्छ ।
महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङहुनेछन् ।


प्रतिक्रिया