द सिनेमा टाइम्स,काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट सिनेमा ‘दान्भी’ र ‘आचार्य’ रिलिज भएका छन् ।
रूपेश तामाङको निर्देशनमा बनेको ‘दान्भी’मा अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा छन् । उनले पहिलोपटक एक्सन भूमिका निर्वाहगरेकी हुन।
सिनेमामा पूजासँगै कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारकोपनि अभिनय छ ।
‘दान्भी’ले उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘दान्भी’लाई काठमाडौंमा १६ र बाहिर ३१ शोउपलब्ध गराएको छ ।
दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआईले १२, वान सिनेमाजले ७ शो उपलब्ध गराएका छन् । एफक्युब, बीएसआर, बिग मुभिजरन्जनालगायत मल्टिप्लेक्समा पनि ‘दान्भी’ले उत्साहजनक शो पाएको छ ।
यता, रि–रिलिज हुन लागेको ‘आचार्य’ले क्यूएफएक्सका आउटलेटमा काठमाडौंमा जम्मा तीन शो पाएको छ । काठमाडौं उपत्यकाबाहिर क्यूएफएक्सले तीन शो दिएको छ । वान सिनेमाजले तीन शो दिएको छ । आईएनआईले पनि समान तीन शो दिएको छ ।
सत्यराज आचार्य मुख्य भूमिकामा रहेको सिनेमा यसअघि १३ वर्ष अगाडि रिलिज भएको थियो ।
गायक तथा संगीतकार भक्तराज आचार्यको बायोपिक मुभी ‘आचार्य’लाई प्रशान्त रसाइलीले निर्देशन गरेका छन् । सिनेमा सत्यराजसँगैसुनील पोखरेल, अरुणा कार्की, विपिन कार्की, सौगात मल्लको अभिनय छ ।
प्रतिक्रिया