द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता रमेश उप्रेती विवाहको तयारीमा छन् । आउँदो मंसिरमा उनी विवाह बन्धनमा बाँधिन लागेका ।
अष्ट्रेलियामा बस्दै आएकी युवतीसँग रमेश विवाह बन्धनमा बाँधिन लागेका हुन् । उनी सिनेमा क्षेत्रभन्दा बाहिरकी हुन् ।
परिवारले खोजेको युवतीसँग रमेशले विवाह गर्न लागेका हुन् । रमेशको यो दोस्रो विवाह हो । यसअघि उनले किरण राणासँग विवाह गरेका थिए । किरणसँग रमेश छुट्टिसकेका छन् ।
एक दशकभन्दा लामो समय अमेरिका बसेर फर्किएका रमेश अहिले नेपालमा छन् । केही वर्ष अगाडि ‘ऐश्वर्य’ बनाएका उनी पछिल्लो समय सिनेमामा धेरै देखिने गरेका छैनन् ।


प्रतिक्रिया