द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमाल लामो समयको अन्तरालपछि सिनेमामा अभिनय गर्ने भएका छन् । करिब आठ वर्षपछि उनी सिनेमा नगरीमा फर्किन लागेका हुन् ।
दिवाकर भट्टराइले निर्देशन गर्ने सिनेमामा राजेशले काम गर्ने भएका हुन् । सिनेमाको नाम भने सार्वजनिक गरिएको छैन । आज राजेश र निर्माणपक्षबीच कागजी सम्झौता भएको छ ।
राजेशले आठ वर्षपछि गर्ने सिनेमा एक्सन ड्रामा हुनेछ ।
राजेशका लागि यो सिनेमा कमब्याक हुनेछ । किनकी उनको ‘शकुन्तला रिलीज़ भएपछि अरु सिनेमा आएका छैनन् । लामो समयपछि आउने भएकाले यो सिनेमा प्रतिक्षित हुनेछ ।
सिनेमाको कथा, अरु कलाकारबारे अहिले केही पनि बताइएको छैन ।
प्रतिक्रिया