फ्राइडे रिलिजमा नमेटिने घाउ’ र ‘सतीदेवी’ हलमा

फ्राइडे रिलिजमा नमेटिने घाउ’ र ‘सतीदेवी’ हलमा

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ एकै दिन प्रदर्शनमा आएका हुन् ।

‘सतीदेवी’लाई लक्ष्मण सुवेदीले निर्देशन गरेका छन् भने ‘नमेटिने घाउ’लाई रमित ढुंगानाले निर्देशन गरेका छन् ।

एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित सिनेमामा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । सिनेमामा शिवम् अधिकारीको कथा लेखेका छन् ।

‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले पनि अभिनय गरेका छन् । प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई सिनेमामा देख्न सकिनेछ ।

सिनेमामा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकलगायतको अभिनय छ ।

‘सतीदेवी’को मुख्य भूमिकामा मलिका महत छिन् । सिनेमामा मलिका र सन्दीपका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको सिनेमाको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको सिनेमामा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत छ ।

समाजमा छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा यो सिनेमाले पेस गरेको छ ।