द सिनेमा टाइम्स, काठमाडौं । कृषा चौलागाईं निर्देशित सिनेमा ‘पिताम्बर’ अहिले धमाधम छायांकन भइरहेको छ । दोस्रो सेड्युलअन्तर्गत यो सिनेमाकोछायांकन अहिले नवलपरासीमा भइरहेको छ । जहाँ यो सिनेमाको भव्य सेट तयार पारिएको छ ।
सिनेमाको सेट त हालसम्म निर्माण युनिटले लिक गरेको छैन । तर बिहीबार एउटा तस्बिर भने आउट भएको छ । कलाकारबाटै आउटभएको तस्बिरमा सिनेमाका मुख्य कलाकारमध्येका ५ जना छन् ।
तस्बिरमा दयाँबाट क्रमशः सौगात मल्ल, प्रदीप खड्का, प्रमोद अग्रहरी, दयाहाङ राई र रविन्द्र झा छन् । यी सबै ‘पिताम्बर’का कलाकारहुन् । यो तस्बिरले एउटै सिनेमामा थुपै्र स्टार सँगै काम गर्न सक्छन् भन्ने सन्देश पनि दिएको छ ।
यति मात्रै होइन यो सिनेमामा आर्यन सिग्देल, आँचल शर्मा, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, बिशाल पहारीको अभिनय रहने छ ।
राम्रो सन्देश मात्रै होइन आधा दर्जन स्टार एउटै सिनेमामा छन् । जसको ठूलो फ्यान फलोइङ छ । अहिलेको सिने बजारमा पहिलोरोजाइका अधिकांश कलाकार हुनुले यो सिनेमाको बक्सअफिस कलेक्सन कस्तो होला भन्ने कौतुहल सुरु भइसकेको छ ।बक्सअफिसका लागि कम्तीमा एकजना चलेको कलाकार राख्ने गरिएकोमा यति धेरै कलाकार एउटै सिनेमामा हुँदा पक्कै पनि राम्रो गर्नेअपेक्षामा निर्माण युनिट छ । जसलाई स्वभाविक मान्न सकिन्छ ।
एउटै सिनेमामा नेपालका अधिकांश कलाकारले अभिनय गर्दैछन् । यसले स्टार कलाकार सँगै मिलेर काम गर्न तयार छन् भन्ने सुखदसन्देश दिएको छ । पक्कै पनि एउटै सिनेमामा आधा दर्जनभन्दा धेरै स्टार हुँदा सबैको भूमिका समान हुँदैन । सबैको समान स्पेश टाइमहुँदैन । सबैको बराबर सिन हुँदैन । तर पनि सँगै काम गर्न तयार हुनु आफैँमा राम्रो पक्ष हो ।
यसले एकले अर्कोको अस्तित्व स्वीकार गर्न नेपाली कलाकार तयार छैनन् भन्ने हल्लालाई पनि गलत सावित गरिदिएको छ । यो आफैँमा राम्रो पनि हो । यसको श्रेय निर्देशक कृषालाई जान्छ ।
यो सिनेमाको प्रमुख पात्र को हो भन्ने हालसम्म निर्माण युनिटले खुलाएको छैन । केही दिन अगाडि मात्रै सौगात र प्रदीपको तस्बिर राख्दै निर्देशक कृषाले हु इज पिताम्बर भन्दै फेसबुकमा तस्बिर सार्वजनिक गरेकी थिइन् ।
भदौ १० गते सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभमुहूर्त गर्दै सिनेमा ‘पिताम्बर’को दोस्रो चरणको छायांकन बालाजुस्थित एनएफडीसी ल्याबबाट सुरु गरिएको थियो ।
जहाँ अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सट दिएका थिए ।
काठमाडौंको छायांकन सकेर अहिले सिनेमाको निर्माण टिम बाँकी छायांकनको लागि नवलपरासी पुगेको हो । सिनेमाको पहिलो चरणको छायांकन पनि नवलपरासीमा नै गरिएको थियो ।
‘पिताम्बर’ निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकीय सिनेमा हो । यो उनको ड्रिम प्रोजेक्ट समेत रहेको बताइएको छ ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन् । प्रदीप भारद्धाजको लेखन रहेको सिनेमाको बजेट ५ करोड बताइएको छ ।
प्रतिक्रिया