द सिनेमा टाइम्स, काठमाडौं । हरर कमेडी जनरामा निर्माण भएको सिनेमा ‘फिरफिरे फिरिरी’को पहिलो गीत सार्वजनिक भएको छ । सिनेमाको शिर्षक गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत र भरत अधिकारी, संगीतकार सिवाकोटी, टिकाराम श्रेष्ठ र रोषा फुयाँलको स्वर छ । गीतको भिडियोमा मुख्य कलाकारहरु फिचर्ड छन् ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएकको सिनेमा ‘फिरफिरे फिरिरी’लाई मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माण गरेका निर्माता अधिकारी करिव १५ बर्षपछि सिनेमा निर्माणमा फर्किएका हुन् ।
सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको सिनेमाले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ । यही सिनेमाबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट नेपालभरका सिनेमा हलमा प्रदर्शन गरिनेछ ।
सिनेमामा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । जितु तामाङको छायांकन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत र अनन्त घिमिरेको सम्पादन तथा रंग संयोजन सिनेमामा रहेको छ ।


प्रतिक्रिया