द सिनेमा टाइम्स, काठमाडौं । हरर कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । अनु चौधरीको स्वरमा रहेको गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक आइटम गीतमा मोडल अलिशा शर्मा फिचर्ड छिन् ।
आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने सिनेमाको निर्देशन नबिन भट्टले गरेका हुन् । उनको डेव्यु डेब्यु निर्देशन रहेको सिनेमाको गत हप्ता शिर्ष गीत सार्वजनिक गरिएको थियो । सिनेमालाई मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । अधिकारीले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माणसंगै अभिनय पनि गरेका थिए ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको सिनेमाका सह-निर्माता नितिश पुन हुन् । पछिल्लो समय संसारभर हरर कमेडी सिनेमाले राम्रो दर्शकको साथ पाइरहेकाले नेपालमा पनि निर्माता अधिकारीले हरर कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’ निर्माण गरेका हुन् ।
सिनेमामा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यही सिनेमाबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । सिनेमामा मनोज कुमार अधिकारी, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
सिनेमामा जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ ।


प्रतिक्रिया