‘मिसिङः केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक

‘मिसिङः केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक टिजरमा मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ । जसमा प्रेमको उतारचढाव, द्वन्द्व र रहस्यलाई समेटेको छ ।

दोस्रो टिजरमा नाजिर र सृष्टिको सम्बन्धले अगाडि बढ्ने क्रममा उनीहरूको प्रेममा थप संघर्ष र पेचिलो मोडहरू प्रस्तुत गरिएको छ । टिजरको अन्त्यमा दर्शकले नाजिरलाई सृष्टिले अपहरण गरेको दृश्य देख्न पाउँछन् । यो दृश्यले पहिलो टिजरको विपरीत परिणाम प्रस्तुत गर्दछ । जहाँ सृष्टिलाई नाजिरले अपहरण गरेको देखाइएको थियो ।

सिनेमाको अनौठो र रहस्यमय कथावस्तुले दर्शकलाई झन् उत्साहित बनाएको छ । नाजिर हुसेन र सृष्टि श्रेष्ठको दमदार अभिनयले दर्शकहरूलाई रोमाञ्चक कथाको अनुभव गराउनेछ । ‘मिसिङः केटी हराएको सूचना’ले रहस्य र प्रेमको कथा मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सिनेमामा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । सिनेमामा उनकै लगानी र स्क्रिप्ट लेखन छ । सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णको अभिनय र अमितेष शाह विशेष भूमिका छ ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता नकिम उद्दिन हुन् । मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता रहेको सिनेमामा अमितेष शाह सहायक निर्माता र अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, अकी थेक्पाको आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।