सलोन बस्नेतको ‘रंगी’ सुटिङ सुरु

सलोन बस्नेतको ‘रंगी’ सुटिङ सुरु

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने सिनेमा ‘रंगी’ सुटिङ सुरु भएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता सलोन बस्नेत हुन् । सिनेमाको आज मङ्गलबारबाट सुटिङ सुरु भएको हो ।

सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय रहनेछ । सिनेमाको सुटिङ अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ । निर्देशक न्यौपानेसँग सिनेमा ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’ लगायतका सिनेमामा मुख्य सहायक निर्देशन भएर काम गरेका थिए ।

निर्माण पक्षले सिनेमाको टाइटल पोस्टर सार्वजनिक गरिसकेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । सिनेमाले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।

सक्षम सुवेदीको निर्माण रहने सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ ।