द सिनेमा टाइम्स, काठमाडौं । एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’ आज बिहीबारबाट तेस्रो हप्तामा प्रवेश गरेको छ । दशैंको फूलपातीबाट नेपालभरका सिनेमा हलमा रिलिज भएको सिनेमाले बक्सअफिसमा आक्रमाक ब्यापार गरिरहेको छ ।
रिलिजको पहिलो हप्ता १० करोड ५ लाख ग्रस कलेक्सन गरेको सिनेमाले दोस्रो हप्ताको कलेक्सन रिपोर्ट सार्वजनिक गरिसकेको छैन् । तर, हलमा भैरहेको टिकट बुकिङ र दर्शकको उच्च अकुपेन्सीले पहिलो हप्ताको भन्दा कम ब्यापार नभएको बुझ्न गाह्रो पर्दैन् । केही दिनमा निर्माण टिमले सिनेमाको आधिकारी बक्सअफिस रिपोर्ट सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
आजबाट तेस्रो हप्तामा प्रवेश गरेको सिनेमाको हलमा अहिले पनि उच्च शो र दर्शक अकुपेन्सी देखिएको छ । सिनेमा तेस्रो हप्तामा प्रवेश गरेसँगै निर्माण टिम दर्शकसँग साक्षात्कार गर्न मोफसल टुरमा निस्केको छ । सिनेमाको निर्माण टिम आज धनगढी र भोली शुक्रबार नेपालगञ्जका दर्शकसँग साक्षात्कार गर्ने तय भएको जानकारी निर्माता तथा निर्देशक विराज भट्टले जानकारी दिए ।
यो सिनेमाबाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।
एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।


प्रतिक्रिया