द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक ९ गते भोली शुक्रबारबाट पुनः प्रदर्शनमा आउन लागेको सिनेमा ‘सानो संसार’को हिजो बुधबार दोस्रो पटक प्रिमियर शोको आयोजन गरिएको छ ।
बुधबार आयोजित प्रिमियर शोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, तुलसी घिमिरे, छविराज ओझा, किरण केसी, दीपक आचार्य (काकु), सुमन कार्की, हिमेश पन्त, रक्षा श्रेष्ठसहितका केही कमेडियन तथा सिनेमाका कलाकारहरुले सिनेमा हेरेका थिए ।
सिनेमा हेरेर निस्कँदै गर्दा महजोडी मदनकृष्ण र हरिवंशले सिनेमा निकै मन परेको बताए । मध्यम वर्गिय नेपालीहरुको कथालाई मन छुने गरी निर्माण गरिएकाले सिनेमा उत्कृष्ट बनेको उनीहरुको भनाई थियो । एक पटक दर्शकले हेर्न सिफारिस गर्ने सिनेमा रहेको उनीहरु बताउँछन् । यस्तै, निर्देशक तुलसी घिमिरेले पनि सिनेमा राम्रो बनेकाले सवैले हेर्न आग्रह गरेका थिए ।
पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।
सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।





प्रतिक्रिया