शुक्रबारबाट पुनः प्रदर्शनमा आयो ‘सानो संसार’

शुक्रबारबाट पुनः प्रदर्शनमा आयो ‘सानो संसार’

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आज कार्तिक ९ गते शुक्रबारबाट सिनेमा ‘सानो संसार’ पुनः प्रदर्शनमा आएको छ । पहिलो पटक गत असोज ११ गते ‘सानो संसार’ सार्वजनिक प्रदर्शनमा आएको थियो । तर, प्रदर्शनको दिनदेखि परेको भारी वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि निर्माताले दुई दिनमै हलबाट सिनेमा उतार्ने निर्णय गरेका थिए ।

यो सिनेमालाई दोस्रो प्रदर्शनमा शो संख्या न्यून पाएको छ । जसले गर्दा सिनेमाको व्यावसायिक भविष्य ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । दुई चरणको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको सिनेमाले मध्यम वर्गीय परिवारको कथालाई सुक्ष्म रुपमा उठाएको छ ।

सिद्धार्थ पुडासैनीको निर्देशनमा निर्माण भएको सिनेमामा सीतादेवी तिमिल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ । यी सबै कलाकारको यो डेव्यु सिनेमा समेत हो ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । सिद्धार्थ पुडार्सनीलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।