द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा मुख्य पात्रहरू नाजिर र सृष्टि गम्भीर भावमा देखिएका छन् । पोस्टरमा उनीहरुको पहिरन सामान्य देखिन्छ ।
सार्वजनिक पोस्टरमा नाजिर र सृष्टिको पृष्ठभूमिमा ‘बजारमा अनौठो परिवेशको नयाँ सिनेमा’को शीर्षकको समाचार छ । जसमा सिनेमाका लेखक तथा निर्देशक दीपेन्द्र गौचनको नाम देख्न सकिन्छ । यो समाचार बाहेक पोस्टरमा ‘देशमा हतियार तस्करी फस्टाउँदै’सहित अन्य शीर्षकका समाचार पनि समावेश छन् ।
आगामी कार्तिक ३० गते रिलिज हुने सिनेमालाई ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । सिनेमामा निर्माण र लेखन पनि उनकै छ । सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, सुदीप पटेल, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णको अभिनय र अमितेष शाहको विशेष भूमिका छ ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता नकिम उद्दिन हुन् । मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता रहेको सिनेमामा अमितेष शाह सहायक निर्माता र अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, अकी थेक्पाको आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।



प्रतिक्रिया