शुक्रबारबाट अमेरिकामा पुनः प्रदर्शनमा आयो ‘बेहुली फ्रम मेघौली’

शुक्रबारबाट अमेरिकामा पुनः प्रदर्शनमा आयो ‘बेहुली फ्रम मेघौली’

द सिनेमा टाइम्स
490
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकामा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’ शुक्रबारबाट पुनः प्रदर्शनमा आएको छ । दर्शकबाट अत्यधिक मागका आएका कारण अमेरिकाका विभिन्न सहरमा सिनेमालाई पुनः प्रदर्शन गरिएको हो ।

शुक्रवारबाट यो सिनेमाको अमेरिकाको टेक्सस शहरमा ३० भन्दा बढी शोसहित प्रदर्शनमा आएको हो । सिनेमाले पाएको सम्पुर्ण शोमा दर्शकको उच्च चाप देखिएको छ । अब यो सिनेमा कोलोराडो, न्यू ह्याम्सायर, बाल्टिमोर, भर्जिनिया, बोस्टन लगायत २० भन्दा बढी राज्यहरूमा पनि प्रदर्शनमा आउने अमेरिका वितरक रबिन कार्कीले बताए ।

यसअघि अक्टोवर ३ बाट नेपालसँगै क्यालिफोर्नियाका थुप्रै थिएटरहरूमा रिलिज भएको यो सिनेमा सो राज्यमा पुनः प्रदर्शन सुरु हुन लागेको छ । अमेरिकामा सिनेमालाई दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलिरहेको छ । सिनेमाको अमेरिकाको लागि प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एन्ड कम्पनीले संयुक्त रूपमा खरिद गरेका थिए ।

सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ ।

नेपालमा सिनेमा हलबाट सिनेमा उतारेर निर्माता निश्चल बस्नेतले ओटिटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भैसकेको छ । अमेरिका, क्यानडा, जापान र सिंगापुर बाहेकका देशमा यो सिनेमा एमएसएम भिडियोमा हेर्न सकिन्छ ।