रामजी ज्ञवाली निर्देशित छोटो सिनेमा ‘लापत्ता सन्तान’ युट्युबमा रिलिज

रामजी ज्ञवाली निर्देशित छोटो सिनेमा ‘लापत्ता सन्तान’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रामजी ज्ञवालीको निर्देशनमा निर्माण भएको छोटो सिनेमा ‘लापत्ता सन्तान’ युट्युबमा रिलिज भएको छ । गत शुक्रबार २० मिनेट ३५ सेकेण्ड लामो सिनेमा सामाजिक सञ्जाल युट्यबमा तिहारको अवसर पारेर सार्वजनिक गरिएको निर्देशक ज्ञवालीले बताए ।

आमाबुबाले सन्तानको भविष्य र खुसीका लागि गरेको संघर्ष र बुढेसकालमा सन्तानबाटै बृदाश्रम पुगेकी आमाको कथा सिनेमामा देखाइएको छ । यो सिनेमा निर्माण गर्नुको उद्देश्य कमाउने भन्दा पनि जनचेतना फैलाउने रहेको निर्देशक ज्ञवालीको दाबी छ ।

सिनेमामा रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट र मनिष पी निरौला लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । निरज कंडेलको डिओपी र नहकुल खड्काको सम्पादनमा तयार भएको सिनेमाको कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन् ।

यसअघि उनले निर्देशन गरेका ‘डार्क मुन’, ‘एक लभर’, ‘आराध्या’, ‘हनिमुन’ लगायतका छोटा सिनेमाहरू सार्वजनिक भइसकेका छन् । विशेष शो र फेस्टिभललाई लक्षित गरेर निर्माण गरिएको डकुमेन्ट्री छोटो सिनेमा ‘रित्तो गाउँ’ सार्वजनिक हुने तयारीमा छ ।