द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ४ मिनेट लामोको ट्रेलर सार्वजनिक गरिएको हो ।
सिनेमाको सार्वजनिक ट्रेलर नाजिर र सृष्टिको वरिपरी घुमेको छ । सामाजिक सञ्जालबाट भेटिएका उनीहरु यात्रामा निस्किँदा आउने उतारचढावलाई देखाइएको छ । विशेषत सिनेमाको सार्वजनिक ट्रेलरले पहाडी-मधेशी मेलमिलापको खोजी गरेको बुझिन्छ । सिनेमामा नाजिर रामको र सृष्टि सीताको भूमिकामा छन् ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमालाई ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन गरेका हुन् । सिनेमामा उनकै निर्माण तथा स्क्रिप्ट लेखन छ । सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णको अभिनय र अमितेष शाह विशेष भूमिका छ ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता नकिम उद्दिन हुन् । मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता रहेको सिनेमामा अमितेष शाह सहायक निर्माता र अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, अकी थेक्पाको आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।


प्रतिक्रिया