जापानका १४ शहरमा रिलिज हुँदै ‘ह्रस्व दीर्घ’

जापानका १४ शहरमा रिलिज हुँदै ‘ह्रस्व दीर्घ’

नेपाल र इन्डियाका कलाकारको अभिनयका कारण राम्रो हाइप बनाइरहेको सिनेमाले जापानमा राम्रो शो पाउने भएको हो ।

द सिनेमा टाइम्स
2.1k
Shares

काठमाडौं । कार्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ले जापानमा राम्रो शो पाउने भएको छ । जापानका विभिन्न शहरमा यो सिनेमाले शो पाउने संकेत देखिएको हो ।

टोकियो, नारिता, नागोया, फुकुओका, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाका लगायत जापानका विभिन्न चौधवटा शहरमा ‘ह्रस्व दीर्घ’ सोल्ड आउट भएको छ ।

नेपाल र इन्डियाका कलाकारको अभिनयका कारण राम्रो हाइप बनाइरहेको सिनेमाले जापानमा राम्रो शो पाउने भएको हो ।

यसैबीच, निर्माण टिम यतिवेला प्रचार प्रसारको दौडधुपमा छ । अहिले विभिन्न मिडियादेखि सिनेमाको प्रचार हुने हरेक कार्यक्रममा कलाकारहरू पुगिरहेका छन् ।

‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । सिनेमामा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापालगायत कलाकारको अभिनय छ । ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीयदेखि नेपालका धेरै स्थापित कलाकारले काम गरेका छन् । दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, सुनील वर्माले अभिनय गरेका छन् ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।