क्यूएफएक्सले दियो ‘पूर्ण बहादुरको सारङ्गी’लाइ सुपरहिटको ट्याग

क्यूएफएक्सले दियो ‘पूर्ण बहादुरको सारङ्गी’लाइ सुपरहिटको ट्याग

द सिनेमा टाइम्स
455
Shares

काठमाडौं । क्यूएफएक्स मल्टिप्लेक्सले प्रदर्शनरत सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’लाई ‘सुपरहिट’को मान्यता दिएको छ । क्यूएफएक्सले आज ‘पूर्ण बहादुरको सारङ्गी’लाइ सुपरहिटको ट्याग दिएको हो । ‘सिंघम अगेन’ र ‘पूर्ण बहादुरको सारङ्गी’ले सुपरहिट सिनेमाको मान्यता पाएका हुन् ।

सिनेमा उच्च अकुपेन्सीसहित चलिरहेका बेला ‘सुपरहिट’ सिनेमाको मान्यता पाएको हो । कात्तिक १५ गते रिलिज भएको सिनेमा अहिले देशभर उच्च शो र फूल अकुपेन्सीमा चलिरहेको छ ।

केही समययता क्यूएफएक्सले बक्सअफिसमा राम्रो कलेक्सन गर्ने सिनेमलाई  सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ ।

ग्रसकलेक्सन ****

उच्च शो र सोही अनुसारको अकुपेन्सीमा चलिरहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमा चार करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले बक्सअफिस रिपोर्ट सार्वजनिक गर्दै पाँच दिनको ग्रसकलेक्सन सार्वजनिक गरेको हो

सरोज पौडेलले निर्देशन गरेको विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

सिनेमामा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।