‘१२ गाउँ’ पाँचौँ हप्तामा प्रवेश, तिहारमा हटाएको शो थप्दै हल

‘१२ गाउँ’ पाँचौँ हप्तामा प्रवेश, तिहारमा हटाएको शो थप्दै हल

पाएका शोमा सिनेमाले हाउसफूल अकुपेन्सीमा ब्यापार गरिरहेको छ । तिहारमा अन्य सिनेमा आउँदा कटाएका शो विभिन्न हलले पुनः थप्न थालेका छन् । पाएका शो सबै भरिएपछि हटाएका शो पनि हलहरूले पुनः दिन थालेका हुन् ।

द सिनेमा टाइम्स
2k
Shares

काठमाडौं । नेपाली बक्सअफिसमा सुनामी ल्याउन सफल सिनेमा ‘१२ गाउँ’ आजबाट पाँचौँ हप्तामा प्रवेश गरेको छ । सिनेमा अझै पनि हाउसफूल छ ।पाएका शोमा सिनेमाले हाउसफूल अकुपेन्सीमा ब्यापार गरिरहेको छ । तिहारमा अन्य सिनेमा आउँदा कटाएका शो विभिन्न हलले पुनः थप्न थालेका छन् । पाएका शो सबै भरिएपछि हटाएका शो पनि हलहरूले पुनः दिन थालेका हुन् । वितरक गोविन्द शाहीका अनुसार सिनेमाले  तीन हप्तामा २३ करोड ५० लाख ग्रसकलेक्सन गरेको  छ ।

समीर भट्टको गज्जवको क्रेज र साउथ इन्डियन सिनेमाको स्तरको एक्सन भन्दै दर्शकले सिनेमा मन पराउँदा ‘१२ गाउँ’ पाँचौँ हप्तासम्म हाउसफूल अकुपेन्सीमा चलिरहेको हो । सिनेमालाई ‘१२ गाउँ’लाई विराज भट्टले निर्देशन गरेका छन् । ‘१२ गाउँ’बाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् ।

सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ । विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । एक्सन–थ्रिलर कथामा बनेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका थिए ।तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ। सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।